News/Notice/Events

झोलामा खानीः उत्खनन् अनुमति लिँदै लाइसेन्स बेच्दै

७ पुस, काठमाडौं । ‘झोलामा खोला’ भन्ने त हामी सबैले सुनेकै हौं, अहिले झोलामा खानीको लाइसेन्स बोकेर हिँड्ने तर खानी उत्खनन नगरी लाइसेन्स मात्रै ‘होल्ड’ गर्ने कम्पनीहरु फेला परेका छन् ।
खानी उत्खननका लागि अनुमति लिएका १२ वटा कम्पनीलेे लामो समयसम्म उत्पादन नगरी लाइसेन्स ‘होल्ड’ गरेर बसेको धेरै समय भइसकेको छ । लामो समय बित्दासम्म खानी उत्खनन् सुरु नगरेपछि खानी तथा भुगर्भ विभागले यी १२ वटा कम्पनीको उत्खनन् इजाजतपत्र नै रद्द गर्न लागेको छ ।
जलविद्युत क्षेत्रका माफियाहरुबाट झोलामा खोला कब्जा […]

सातौं राष्ट्रिय खेलकुद भोलिदेखि, तर पूर्वाधार निर्माण अझै सकिएन

७ पुस, विराटनगर । निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी राष्ट्रिय खेलकुदको महामेला राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि पूर्वाञ्चलका बिभिन्न १३ जिल्लाहरुमा सुरु हुँदैछ ।
तीन पटकसम्म आयोजना मिति तय हुँदै सर्दै गरेको खेलकुद अन्ततः भोलिबाट सुरु हुनेभएको छ । तर औपचारिक रुपमा प्रतियोगिता सुरु हुनुभन्दा २४ घण्टा अघिसम्म पनि पूर्वाधार निर्माण कार्य सकिएको छैन ।
खेलकुद परिषदले सम्पूर्ण तयारी पूरा बताएपनि वास्तविक रुपमा अझै केहि पुर्वाधारहरु निर्माणको क्रममै छन् । जसका कारण पूर्वाञ्चलमा हुने प्रतियोगितालाई सफल पार्न चुनौति देखिएको छ […]