भौगोलिक अवस्थिति

भौगोलिक अवस्थिति


मध्य-पश्चिमाञ्चल क्षेत्र अन्तर्गत राप्ती अञ्चलको मध्य भागमा अवस्थित रोल्पा जिल्ला वि.सं.२०१८ सालको नयाँ भौगोलिक संरचना अनुसार दाङ, सल्यान र प्यूठान जिल्लाका केही भू-भागहरु कटाएर ३३ ओटा गाउा पञ्चायत सहितको जिल्लाको पहिचान दिइएको हो । मध्य पहाडी भागमा अवस्थित यस जिल्लाको पूर्वमा प्यूठान र बाग्लुङ, पश्चिममा सल्यान, उत्तरमा रुकुम र दक्षिणमा दाङ जिल्ला पर्दछन् ।

कुल क्षेत्रफल : १८७९ वर्ग कि.मि.(१८१५० हेक्टर)

अक्षांश : २८ डिग्री ८ मिनेट उत्तर देखि २८ डिग्री ३८ मिनेट उत्तर सम्म

देशान्तर : ८३ डिग्री १० मिनेट पूर्व देखि ८३ डिग्री ९० मिनेट पूर्व सम्म

उचाइ (समुन्द्र सतहबाट) : ७०१ मि. देखि ३६३९ मि.सम्म

लिबाङ सदरमुकाम : १३७५ मिटर

तापक्रम : ३.६ देखि ३१.२ डिग्री सेल्सियस सम्म

वर्षा : औषत १३.८८ देखि १८.३६ मिलिमिटर

हावापानी : उष्ण, उपोष्ण, शितोष्ण र समशितोष्ण

सिमाना


पूर्व : बाग्लुङ र प्यूठान

पश्चिम : सल्यान

उत्तर : रुकुम

दक्षिण : दाङ